चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १ अर्ब ५ करोड रुपैयाँ बराबर लाभांश बाँड्ने

बिजमाण्डू
२०८२ पुष ९ गते ११:०४ | Dec 24, 2025
चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १ अर्ब ५ करोड रुपैयाँ बराबर लाभांश बाँड्ने


काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ।

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७८ करोड २३ लाख ९६ हजार रुपैयाँ छ। सेयरधनीले बोनस र नगद गरी १ अर्ब ५ करोड ३८ लाख रुपैयाँ बराबर लाभांश पाउनेछन्।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। साधारण सभा पुस ३० गतेका लागि तय गरिएको छ।

यस्तै साधारण सभा प्रयोजनार्थ १७ गते बुक क्लोज मिति तोकिएको छ। बुक क्लोजअघि कायम सेयरधनीले साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।