शिखर इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर



बिजमाण्डू
२०८२ पुष २ गते १०:५२ | Dec 17, 2025
शिखर इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर


काठमाडौं। शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Vigo
GBIME
Tata

इन्स्योरेन्सको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर हो। बोनस सेयरको कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश छुट्याइएको छ।

चुक्ता पुँजी हाल २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ रहेको इन्स्योरन्सले १८ करोड ४६ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।