आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ५२ करोड ६३ लाख रुपैयाँ बाँड्ने



बिजमाण्डू
२०८२ मंसिर २६ गते ११:०३ | Dec 12, 2025
आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई  ५२ करोड ६३ लाख रुपैयाँ बाँड्ने


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Tata
GBIME

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट करसहित १०.५२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी अहिले ५ अर्ब रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ।

आइएमई लाइफले आर्थिक वर्ष २०८०/८१ मा २१.०५ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७९/८० मा २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।