सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई एक अर्ब रुपैयाँ लाभांश वितरण गर्ने



बिजमाण्डू
२०८२ मंसिर २४ गते १०:४१ | Dec 10, 2025
सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई एक अर्ब रुपैयाँ लाभांश वितरण गर्ने


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई एक अर्ब रुपैयाँ लाभांश बाँड्ने भएको छ।

Vigo
GBIME
Tata

इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश कर प्रयोजनसहित हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल ५ अर्ब रुपैयाँ छ। कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आफ्नो नवौं वार्षिक साधारण सभाबाट पारित गरेर सेयरधनीलाई लाभांश वितरण गर्नेछ।