सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन, ओलम्पियन केसीलाई सरकारले २५ लाख दिने



बिजमाण्डू
२०८२ मंसिर २३ गते १५:५८ | Dec 9, 2025
सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन, ओलम्पियन केसीलाई सरकारले २५ लाख दिने

काठमाडौं। सरकारले यातायात क्षेत्रबारे सर्वोच्च अदालतले दिएका आदेश कार्यान्वयन सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दीपक सुवेदीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो।

आयोगमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य छन्।

मन्त्रिपरिषद्ले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताउने ओलम्पियन जीतबहादुर केसीलाई सम्मानस्वरुप २५ लाख रुपैयाँ दिसने निर्णय गरेको छ।

जीतबहादुरले ५२ वर्षअघि अर्थात सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएका थिए।