बिपी राजमार्गको पुनर्निर्माणमा जनशक्ति थप्न कुलमानको निर्देशन, ‘राति पनि काम गर्नू’



बिजमाण्डू
२०८२ मंसिर १९ गते ११:०८ | Dec 5, 2025
बिपी राजमार्गको पुनर्निर्माणमा जनशक्ति थप्न कुलमानको निर्देशन, ‘राति पनि काम गर्नू’

काठमाडौं। बाढी पहिरोले क्षति पुर्‍याएको बिपी राजमार्ग पुनर्निर्माण धमाधम अगाडि बढेको छ।

Tata
GBIME
Nepal Life

रोशी नदीमा एक वर्षअघि आएको बाढीले राजमार्गको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएकामा पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको हो।

अहिले ४ खण्डको २५ किलोमिटर सडक ठेक्का सम्झौता गरी पुनर्निर्माण भइरहेको छ। सम्झौता अनुसार पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गरिनेछ।

करिब ३ किलोमिटर सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा पुनर्निर्माण हुनेछ। यसका लागि डिजाइन स्वीकृत भई ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुनर्निर्माण भइरहेको राजमार्गको निरीक्षण गरेका छन्। उनले बिहीबार सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपानेलगायतलाई साथै लिएर राजमार्गको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा कुलमानले जनशक्ति थपेर विद्युतको व्यवस्था गरी राति पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।