काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित्नै पर्ने आवश्यकता छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिनेछन्।
जनकपुरले जितेको खण्डमा भने अन्य टिमको पनि प्लेअफ पुग्ने सम्भावना कायमै रहनेछ। जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।










