विदेशी ब्याटरमै निर्भर काठमाडौंले चितवनलाई दियो १ सय ४३ रनको लक्ष्य, तन्वीरको घातक बलिङ



बिजमाण्डू
२०८२ मंसिर १२ गते १३:३४ | Nov 28, 2025
विदेशी ब्याटरमै निर्भर काठमाडौंले चितवनलाई दियो १ सय ४३ रनको लक्ष्य, तन्वीरको घातक बलिङ
चितवनविरुद्ध ब्याटिङमा काठमाडौं। तस्बिर: शुशिल श्रेष्ठ/ बिजमाण्डू

काठमाडौं। काठमाडौं गोर्खाजले चितवन राइनोजसामू १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौंले १९.४ ओभरमा १४२ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेका थिए।

सुरुमा ब्याटिङमा उत्रिएको काठमाडौंका लागि जोन सिम्पसनले सर्वाधिक ६० रन बनाउँदा मिलिन्ड कुमारले ३८ रनको योगदान दिए। सिम्पसनले २९ बल खेल्दा ३ चौका र ५ छक्का प्रहार गरेका थिए भने मिलिन्द कुमारले ४३ बल खेल्दा ५ चौका प्रहार गरे। यसबाहेक ओपनर बेन चार्ल्सवर्थले १३ रन बनाए।

बलिङतर्फ चितवनका सोहइल तन्वीरले ४ विकेट लिँदा रञ्जित कुमार र कमलसिंह ऐरीले समान २ तथा रवि बोपाराले १ विकेट लिए।

चितवन जवाफी ब्याटिङमा उत्रिँदैछ।