जेनजी आन्दोलनबाट भएको क्षतिमा बीमा कम्पनीले गरे ४ अर्ब २ करोड दाबी भुक्तानी



बिजमाण्डू
२०८२ मंसिर १२ गते ११:४९ | Nov 28, 2025
जेनजी आन्दोलनबाट भएको क्षतिमा बीमा कम्पनीले गरे ४ अर्ब २ करोड दाबी भुक्तानी

काठमाडौं। जेनजी आन्दोलनमा भएको क्षतिबाट परेको दाबीमा निर्जीवन बीमा कम्पनीले अग्रिमसहित ४ अर्ब रुपैयाँ भुक्तानी गरेका छन्।

Tata
GBIME
Nepal Life

भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट भएको क्षतिका कारण २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँको दाबी परेकामा बीमा कम्पनीले कुल ४ अर्ब २ करोड रुपैयाँ भुक्तानी गरेका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ दाबी परेकामा कम्पनीहरुले ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

मोटर बीमातर्फ ३ अर्ब ४४ करोड १० लाख दाबीमध्ये ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको छ।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ४ लाख दाबी रकममध्ये ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १ करोड ६९ लाख दाबी रकममध्ये ४८ लाख र अन्य बीमातर्फ ३९ करोड १८ लाख दाबीमध्ये ३९ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

नेपाल रिइन्स्योरेन्सले २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीलाई अग्रिम भुक्तानी दिएको छ। नेपाल रिमा १५ अर्ब ८१ करोडको दाबी परेको प्राधिकरणको तथ्यांक छ।

यस्तै, गत असोज तेस्रो साता आएको बाढी पहिरोबाट भएको क्षतिमा ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी परेकामा १ करोड १४ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ।