नेपाल बंगलादेश बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, इक्राको रेटिङमा ‘एनपीएल ट्रिपल बी प्लस’



बिजमाण्डू
२०७७ साउन २६ गते १२:४१ | Aug 10, 2020


काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र जारीका लागि बैंकले रेटिङ एजेन्सी इक्रा नेपालबाट रेटिङ गराएको छ।

Tata
GBIME
Nepal Life

इक्रा नेपालले बैंकको ऋणपत्रलाई मध्यम क्रेडिट गुणस्तर जनाउने केयर एनपीएल बीबीबी (ट्रिपल बी) प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित मानिन्छ।

ऋणपत्रको रेटिङ गर्ने काम पूरा भएकाले बैंकले अब यसलाई जारीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ। बोर्डले जारीको अनुमति दिएपछि लगानीकर्ताले ऋणपत्रका लागि आवेदन दिन पाउनेछन्।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आफनो चुक्ता पुँजीको २५ प्रतिशतबराबरको ऋणपत्र जारी गर्न अनिवार्य गरेको छ। बैंकले यसअघि पनि  गत वर्ष जेठमा ८० करोड रुपैयाँ बराबरको ‘एनबिबिएल डिबेन्चर २०८५’ बिक्री गरेको थियो, जसको  ब्याजदर १०.२५ प्रतिशत र १० वर्षे परिपक्व अवधि (म्याचुरिटी) रहेको छ ।

गत आवको चैत मसान्तसम्मको विवरण अनुसार बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ छ।