काठमाडौं। नेपाल र अमेरिकाका सेनाको बैठक काठमाडौंमा सुरु भएको छ। नेपाली सेनाको मुख्यालयमा दुई देशका सैनिकको तीन दिने बैठक बुधबार सुरु भएको हो।
बैठकमा विश्वमा शान्ति स्थापना, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ।
अमेरिकी टोलीको नेतृत्व गरेका लेफ्टिनेन्ट जर्नेल स्कट ए विन्टरले प्रधानसेनापति अशोकराज सिग्देल शिष्टाचार भेटवार्ता गर्ने तालिका छ।
दुई देशका सैनिकले ‘नेपाल-यूएस ल्यान्ड फोर्स टक’ नाम दिएर सन् २०१८ देखि संयुक्त बैठक गर्दै आएका छन्।










