उत्कृष्ट करदातालाई सरकारको सम्मान, ‘नीति उचित भए मात्रै अर्थतन्त्र सबल’ (तस्बिरहरु)



बिजमाण्डू
२०८२ मंसिर १ गते १०:३५ | Nov 17, 2025
उत्कृष्ट करदातालाई सरकारको सम्मान, ‘नीति उचित भए मात्रै अर्थतन्त्र सबल’ (तस्बिरहरु)

काठमाडौं। वर्षभरि सर्वाधिक कर बुझाउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ। कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार काठमाडौंमा आयोजित समारोहमा सम्मान गरेको हो।

Tata
GBIME
Nepal Life

आव २०८१/८२ मा सर्वाधिक आयकर बुझाएर राजबहादुर शाह उत्कृष्ट करदाता भएका छन् भने बैंकतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पहिलो भएको छ।

जेनजी आन्दोलनपछि आहत निजी क्षेत्रले पुनः उठ्ने संकल्प गरिरहँदा सम्मान समारोहमा उद्योगी व्यवसायीले निजी क्षेत्रमैत्री नीतिमा ध्यान दिन आग्रह गरे। राज्यले उचित नीति लिए मात्रै अर्थतन्त्र सबल हुने उनीहरुको भनाइ थियो।