काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। खापुङले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्।
खापुङले प्रधानमन्त्री कार्कीसँगको आफ्नो बिदाइ भेटमा आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीलाई पनि लगेका थिए।
खापुङले ३० वर्षे सेवा अवधिका कारण बिहीबार अवकाश पाउँदैछन्। प्रहरी महानिरीक्षकका रुपमा खापुङको बुधबार अन्तिम दिन हो। उनी ६९ दिनअघि महानिरीक्षक भएका थिए।
सरकारले खापुङको अवकाशपछि रिक्त हुने महानिरीक्षक पदमा गत सोमबार दानबहादुर कार्कीलाई बढुवा गरिसकेको छ।










