काठमाडौं। उकालो लागेको सुनको मूल्यमा बुधबार ब्रेक लागेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार कारोबार मूल्य प्रति तोला २ लाख ४४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा ४ हजार ९ सय रुपैयाँले बढेर मंगलबार तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर प्रति तोला ३ हजार ७५ रुपैयाँ भएको छ। सोमबारका तुलनामा १०५ रुपैयाँले बढ्दा मंगलबार कारोबार मूल्य तोलाको ३ हजार १७० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रति औंस ४१३२.७३ डलरले कारोबार भएको सुन बुधबार ४१०७.१४ डलरमा आएको छ।
चाँदी भने बढेको छ। अघिल्लो दिन प्रति औंस ५०.८६ रहेको चाँदी बुधबार ५१.०५ डलरमा उक्लिएको छ।










