हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त, कार्यकाल चार वर्ष
बिजमाण्डू
२०८२ कात्तिक २३ गते ११:१९ | Nov 9, 2025
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले घिमिरेलाई ४ वर्षका लागि सञ्चालक नियुक्त गरेको हो। कम्पनीका अनुसार घिमिरे भक्तपुरको मध्यपुर थिमि-२ का हुन्।