जीवन र निर्जीवन बीमा कम्पनीले बढाए व्यापार, तीन महिनामा ६३.२८ अर्ब प्रिमियम संकलन



बिजमाण्डू
२०८२ कात्तिक २० गते १३:०७ | Nov 6, 2025
जीवन र निर्जीवन बीमा कम्पनीले बढाए व्यापार, तीन महिनामा ६३.२८ अर्ब प्रिमियम संकलन

काठमाडौं। बीमा कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अुनसार असोज मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीले बीमा शुल्क आर्जन बढाएका हुन्।

Tata
GBIME
Nepal Life

तीन महिनामा तीन वटा माइक्रो इन्स्योरेन्ससहित १७ वटा जीवन बीमा कम्पनीले ५० अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। कम्पनीहरुले आर्जन गरेको यो मुनाफा पोहोर सोही अवधिको तुलनामा २१.९५ प्रतिशत धेरै हो।

बीमा कम्पनीले पोहोर पहिलो तीन महिनामा ४१ अर्ब ३० करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।

प्राधिकरणका अनुसार १४ वटै ठूला जीवन कम्पनीको व्यवसाय बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा धेरै २२२.४९ प्रतिशतले व्यवसाय बढाएको छ। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १३ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको पहिलो त्रैमासमा आर्जन गरेको बीमा शुल्क (रु लाखमा)

कम्पनी२०८२/८३ साउन-असोज२०८१/८२ साउन-असोजफरक %
नेपाल १३४५५०.२९११९९१४.९९१२.२
नेसनल ५६८४७.६९४९०५०.४०१५.९
लाइफ इन्स्योरेन्स कर्पोरेसन४९८३४.८९४५७३७.१८८.९६
राष्ट्रिय जीवन बीमा कम्पनी४५३२२.८८१४०५३.९४२२२.४९
हिमालयन ४४३६१.७७४३११२.३५२.९
सूर्यज्योति लाइफ२८८१०.४०२४९९३.८६१५.२७
एसियन २२६९६.४८२०३६८.३१११.४३
सिटिजन २१७८६.२११७४७४.३७२४.६८
सानिमा रिलायन्स १८१४०.२८१५७२२.३७१५.३८
मेट लाइफ१६६४२.६४१४४२१.४७१५.४
आइएमई १५१५४.७११२१४१.४९२४.८२
रिलायबल नेपाल१४५६६.३३१२०८०.२९२०.५८
प्रभु महालक्ष्मी १४००६.२२१२४०२.८०१२.९३
सन नेपाल ९५७२.५९९३२७.४५२.६३
कुल बीमा शुल्क५०३६७३.५७४१३०१४.८२२१.९५
स्रोत : नेपाल बीमा प्राधिकरण

निर्जीवन बीमा कम्पनीको व्यवसाय पनि बढेको छ। कम्पनीहरुले यो आर्थिक वर्ष असोजसम्म १२ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

निर्जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क पोहोर सोही अवधिको तुलनामा ११.६७ प्रतिशत धेरै हो। निर्जीवन बीमा कम्पनीले पोहोर साउनदेखि असोजसम्म ११ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।

ओरियन्टल र राष्ट्रिय बीमा कम्पनीबाहेकको व्यापार बढेको हो। सगरमाथा लुम्बिनीले सबैभन्दा धेरै १ अर्ब ४९ करोड रपैयाँ बीमा शुल्क आर्जन गरेको छ। व्यापार धेरै बढाउनेमा एनएलजी इन्स्योरेन्स छ। उसले ३६.३५ प्रतिशतले प्रिमियम आर्जन बढाएको हो।

निर्जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा आर्जन गरेको बीमा शुल्क (रु लाखमा)

निर्जीवन बीमा कम्पनी२०८२/८३ साउन-असोज२०८१/८२ साउन-असोजफरक %
सगरमाथा लुम्बिनी१४९८३.३०१४३६३.४१४.३२
शिखर १३८४६.६१११२००.५९२३.६२
सिद्धार्थ प्रिमियर१२२४३.९२११७१९.८५४.४७
हिमालयन एभरेष्ट११९६६.४५९१८७.९९३०.२४
एनएलजी १०२५६.५८७५२२.०९३६.३५
आइजीआई प्रुडेन्सियल९९०६.७९९००९.४६९.९६
नेको ९२८३.७७८९७५.५३३.४३
युनाइटेड अजोड८८२९.०३६८००.९५२९.८२
ओरियन्टल ७८८५.१३८३७६.७७-५.८७
नेपाल ७०६२.१७६१४५.१९१४.९२
सानिमा जीआइसी६८१८.५३५८८९.८८१५.७७
प्रभु ५०५६.२७४७७२.३१५.९५
नेसनल ४२८४.६७४१७६.१२२.६
राष्ट्रिय बीमा कम्पनी४१४१.५८५७३९.६९-२७.८४
कुल बीमा शुल्क१२९२४६.१८११५७३६.२२११.६७
स्रोत : नेपाल बीमा प्राधिकरण