सात वर्षपछि सर्वोच्चको परमादेशमा छुट्दै पूर्वबैंकर कमल ज्ञवाली, यसरी परेका थिए जेल



बिजमाण्डू
२०८२ कात्तिक १७ गते १६:५३ | Nov 3, 2025
सात वर्षपछि सर्वोच्चको परमादेशमा छुट्दै पूर्वबैंकर कमल ज्ञवाली, यसरी परेका थिए जेल

काठमाडौं। सात वर्षदेखि जेलमा रहेका पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ।

Tata
GBIME
Nepal Life

श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी गरेको हो।

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो।

श्रीमती गौरी त्यसबेलै पक्राउ परिन् भने कमल भने फरार भए। उनलाई प्रहरीले २०७५ असोजमा भारतबाट पक्राउ गरेको थियो। अदालतको फैसला अवज्ञा गरेर फरार हुँदा उनीमाथि थप सजय भएको थियो।

पाटन अदालतले  तत्तकालिन किष्ट बैंक (अहिले मर्ज भएर प्रभु बैंक) का पूर्व प्रबन्ध सञ्चालक रहेका ज्ञवाली र गौरीलाई तीन बर्ष जेल र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेका थिए। कर्जा दुरुपयोग सम्बन्धि मुद्दामा उनलाई जेल सजाय र जरिवाना गर्ने फैसला भएको थियो।