प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्न विश्वप्रकाशले अगाडि सारे चार विकल्प



बिजमाण्डू
२०८२ कात्तिक १३ गते १२:२३ | Oct 30, 2025
प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्न विश्वप्रकाशले अगाडि सारे चार विकल्प

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन सम्बन्धमा चार वटा विकल्प अगाडि सारेका छन्।

Tata
GBIME
Nepal Life

उनले केन्द्रीय समितिको बैठक सुर हुनुअघि बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु चारवटा विकल्प अगाडि सारेका हुन्।

विश्वप्रकाशले अर्का महामन्त्री गगन थापाले प्रस्ताव गरे अनुसार मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्न, नभए मंसिर मसान्तमै केन्द्रीय समितिले चाहेमा भन्ने विधानको व्यवस्था बमोजिम वा ४०% भन्दा बढी महाधिवेशन प्रतिनिधिको लिखित माग सम्बोधन गर्दै विशेष महाधिवेशन गर्न र त्यो पनि नभए पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।

विश्वप्रकाशले निर्वाचन समिती पुनर्गठन गर्न, विधान संशोधन मस्यौदा समिति र महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्न प्रस्ताव गरेका छन्।

उनले फागुन २१ का लागि तय प्रतिनिधि सभा निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्नुपर्ने भन्दै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउनु पर्ने प्रस्ताव गरेका छन्। उनले जेनजीहरुसँग सम्वादका लागि ३ सदस्यीय कार्यदल गठन गर्न पनि प्रस्ताव गरेका छन्।

कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार अपराह्न १ बजे बस्दैछ।