हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कपिलकुमार दाहाल नियुक्त



बिजमाण्डू
२०८२ कात्तिक १३ गते ११:१२ | Oct 30, 2025
हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा  कपिलकुमार दाहाल नियुक्त


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कपिलकुमार दाहाल नियुक्त भएका छन्।

Vigo
GBIME
Tata

इन्स्यारेन्सको बुधबार बसेको सञ्चालक समिति बैठकले बिहीबारदेखि लागू हुने गरी दाहाललाई सीइओ नियुक्त गरेको हो।

कम्पनीमा नायब सीइओका रुपमा कार्यरत दाहालले सीइओ मनोजकुमार लाल कर्णले राजीनामा दिएपछि असोज २८ गते कामु सीइओको जिम्मेवारी पाएका थिए।

अध्यक्ष सुलभकुमार अग्रवालको स्वार्थमा काम गरेको भन्दै कर्मचारी र अभिकर्ताले कार्यालय प्रवेशमा रोक लगाएपछि कर्णले राजीनामा दिएका थिए।