जेनजी आन्दोलन: २३.२३ अर्बको इन्स्योरेन्स दाबीमा २ अर्ब ७९ करोड अग्रिम भुक्तानी



बिजमाण्डू
२०८२ कात्तिक १२ गते १६:४० | Oct 29, 2025
जेनजी आन्दोलन: २३.२३ अर्बको इन्स्योरेन्स दाबीमा २ अर्ब ७९ करोड अग्रिम भुक्तानी

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिका कारण परेको दाबीमा इन्स्योरेन्स कम्पनीले २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Tata
GBIME
Nepal Life

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको क्षतिले इन्स्योरेन्स कम्पनीमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको दाबी परेको थियो।

इन्स्योरेन्समा आएको दाबी मध्ये कम्पनीहरुले कात्तिक ९ गतेसम्म २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी गरेका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले आन्दोलनबाट भएको क्षतिले डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा ३ हजार १८७ दाबी परेको थियो।

सम्पत्ति बीमामा सबैभन्दा धेरै १९ अर्ब १ करोड ९३ लाख रुपैयाँको बीमा दाबी परेकामा २ अर्ब २७ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ। आन्दोलनबाट होटल, स्कुल, भाटभटेनी सुपर मार्केट, गाडीका सोरुम तथा निजी घरमा तोडफोड तथा आगजनी हुँदा सबैभन्दा धेरै सम्पत्ति बीमामा दाबी परेको परेको हो।

मोटर बीमामा ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँको बीमा दाबी परेकामा २७ करोड ७७ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ।