मनाङमा हिमपातका कारण फसेका ७५० जनाको उद्धार, सुरक्षित ठाउँमा सारियो



बिजमाण्डू
२०८२ कात्तिक ११ गते १६:४३ | Oct 28, 2025
मनाङमा हिमपातका कारण फसेका ७५० जनाको उद्धार, सुरक्षित ठाउँमा सारियो

काठमाडौं । असोज ११ गते रातीदेखि हिमाली भेगका केही जिल्लाहरुमा परेको हिउँका कारण फसेका व्यक्तिहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तर गरेको छ।

Tata
GBIME
Nepal Life

हिउँका कारण फसेका ७५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षितकासाथ ल्याईएको छ भने ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षितसाथ राखिएको छ।

मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाईएको छ ।

त्यसैगरी काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ। तिलिचो ताल भ्रमण गरि फर्कने क्रममा उनलाई एक्कासी लेक लागी बेहोस भएपश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो।