काठमाडौं। सुनको मूल्यमा केही दिनयता सामान्य उतारचढाव देखिएको छ। बुधबारमात्र तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार ५ सय रुपैयाँ घटेको हो।
शुक्रबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा सुनको मूल्य ९० हजारको लाइनमा पुगेपछि पसलहरु सुनसान छन्। बिहेको सिजन भए पनि पसलहरुमा गहना किन्नेहरु कम छन्। सुनको भाउ निरन्तर बढ्नुका साथै लकडाउनका कारण लामो समयदेखि सुन बजारको रौनक हराएको छ।
यस्तै चाँदीमा भने तोलामा ५ रुपैयाँ वृद्धि भएको छ। शुक्रबार चाँदी एक तोलाको ९ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।










