उत्पादकले बढाउन थाले अण्डाको भाउ, न्यूनतम समर्थन मूल्य प्रति क्रेट ५०० रुपैयाँसम्म



बिजमाण्डू
२०८२ कात्तिक ९ गते १७:२५ | Oct 26, 2025
उत्पादकले बढाउन थाले अण्डाको भाउ, न्यूनतम समर्थन मूल्य प्रति क्रेट ५०० रुपैयाँसम्म

काठमाडौं। खपत बढेको कारण देखाएर बजारमा अण्डाको भाउ बढाउन सुरु गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य तोकेको छ।

Tata
GBIME
Nepal Life

संघले ठूलो अण्डाको न्यूनतम समर्थन मूल्य प्रति क्रेट ५०० रुपैयाँ र मिडियम अण्डाको प्रति क्रेट ४५० रुपैयाँ तोकेको छ। यो उत्पादकले होलसेल व्यापारीलाई बेच्ने मूल्य हो। ढुवानी भाडा र क्रेटको पैसा जोड्दा थप महँगो पर्छ।

चाडपर्व सकिएलगत्तै बजारमा खपत बढ्न थालेको कारण देखाएर संघले भाउ बढाएको हो। संघले खपत घटेर भाउ घट्दा भने मूल्य सार्वजनिक गर्ने गरेको छैन। हाल दैनिक २२ हजार देखि २५ हजार केजी अण्डा उत्पादन हुने गरेको संघले जनाएको छ।