काठमाडौं। तिहारपछिको पहिलो कारोबार दिनमा सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आइतबार ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा आएको छ।
कारोबारमा आएका लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ।
९८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सिद्धार्थ बैंकको ऋणपत्रमा पोजेटिभ सर्किट लागेको छ।
१४६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। तारागाउँ रिजेन्सीको सेयर मूल्यमा सर्वाधिक ७.१६ प्रतिशतले गिरावट आएको छ।
बजारमा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, सिद्धार्थ बैंकको ऋणपत्रको २३ करोड ६४ लाख र युनियन हाइड्रोपावरको १८ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ।











