टी-२० बाट ओडीआईमा स्वीच: अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ मा को-को?



बिजमाण्डू
२०८२ कात्तिक ९ गते ११:१० | Oct 26, 2025
टी-२० बाट ओडीआईमा स्वीच: अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ मा को-को?
टसका क्रममा नेपाल र अमेरिकाका कप्तान। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा आइतबार नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

Tata
GBIME
Nepal Life

सिरिजमा नेपाल, अमेरिका र यूएई भिड्दैछन्। दुबईमा नेपालले पहिलो खेल अमेरिकासँग खेल्न लागेको हो।

टी-२० विश्वकपमा पुगेर सानदार लय देखाएको नेपाल एकदिवसीय फर्म्याटमा आजको खेलसँगै स्वीच हुँदैछ। टी-२० विश्वकप पुगेको नेपालको अवस्था लिग-२ मा भने कमजोर छ। लिग-२ मा ८ देश रहेकामा नेपाल तालिकाको सातौँ स्थानमा छ। नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायर पुग्न अब गल्ती गर्ने छुट छैन।

२० खेल खेल्दा १४ जित निकाल्दै २८ अंक बनाएको अमेरिका तालिकाको दोस्रो स्थानमा छ। नेपालले भने १६ खेलबाट मात्रै १२ अंक बनाएको छ।

यो सिरिजमा सबै (चार वटै) खेल जितेको खण्डमा पनि नेपाल छैटौं स्थानमा मात्र उक्लन सक्नेछ। हाल छैटौं स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अंक छ।

नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी