माओवादी-समाजवादी एकताबारे प्रचण्डको सचिवालयको खण्डन, ‘कुनै पनि दलसँग एकताको टुंगो लागेको छैन’



बिजमाण्डू
२०८२ कात्तिक ७ गते २१:२४ | Oct 24, 2025
माओवादी-समाजवादी एकताबारे प्रचण्डको सचिवालयको खण्डन, ‘कुनै पनि दलसँग एकताको टुंगो लागेको छैन’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो नलागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको छ, “इतिहासको सोही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुङ्गो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं।”

सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको जनाएको छ।

सचिवालयले भनेको छ, “यद्यपि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लागिसकेको छैन, विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र) को ठहर छ।” रासस