अमेरिकी राष्ट्रपति ट्रम्पबाट रोजगार सम्बन्धित भिसा रोक्ने तयारी, दक्ष कामदार रोकिने



बिजमाण्डू
२०७७ असार ७ गते १०:५९ | Jun 21, 2020
अमेरिकी राष्ट्रपति ट्रम्पबाट रोजगार सम्बन्धित भिसा रोक्ने तयारी, दक्ष कामदार रोकिने

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारसँग सम्बन्धित भिसा रोक्ने तयारी गरेका छन्। कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभाव खेपिरहेको अमेरिकामा H1-B भिसा रोक लगाउने तयारी गरेको हो। यो भिसा दक्ष कामदारका लागि उपलब्ध गराउँदै आएको थियो।

‘भिसाको विषयमा हामी भोलि केही सम्बोधन गर्न गइरहेका छौं,’ ट्रम्पले फक्स न्युजको अन्तर्वार्तामा भनेका छन्। उनले धेरैखाले भिसामा कडाइ गरिने जनाएका छन् जसमध्ये H1-B र L-1 समेत पर्नेछ।

यसले सयौं कम्पनी र हजारौं मानिसहरु प्रभावित हुनेछन्। अमेरिकामा H1-B भिसा हरेक वर्ष करिब ८५ हजार हाराहारीमा जारी हुने गरेको छ।

ट्रम्पले कोरोना भाइरस पेन्डेमिकका कारण आफूले अस्थायी रूपमा अमेरिका आगमनमाथि रोक लगाउन लागेको ट्विटमार्फत् जानकारी गराएका छन्। H1-B भिसालाई अमेरिकाले केही समय यता कडा बनाउँदै आएको थियो।

ट्रम्पसँग नजिक भएका सूचना प्रविधिसँग जोडिएका व्यवसायीले यसखाले भिसामाथि नियन्त्रणका लागि सुझाव दिँदै आएका थिए।