स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १९ प्रतिशत नगद बाँड्ने



बिजमाण्डू
२०८२ असोज ३१ गते १३:१५ | Oct 17, 2025
स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १९ प्रतिशत नगद बाँड्ने

काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ। बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांशबारे निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको चुक्ता पुँजी हाल १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ।

राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। बैंकले गत वर्ष २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो।