टीभीएसको अपाच्चे आरटीएक्स बाइक भारतीय बजारमा सार्वजनिक, मूल्य २.२९ लाख भारुसम्म



बिजमाण्डू
२०८२ असोज ३० गते १६:५३ | Oct 16, 2025
टीभीएसको अपाच्चे आरटीएक्स बाइक भारतीय बजारमा सार्वजनिक, मूल्य  २.२९ लाख भारुसम्म

काठमाडौं। टीभीएसको नयाँ बाइक अपाच्चे आरटीएक्स भारतीय बजारमा सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले बाइकको मूल्य १ लाख ९९ हजारदेखि २ लाख २९ हजार भारुसम्म राखेको छ। यो बाइक ३ वटा भेरियन्ट बेस, टप र बीटीओमामा उपलब्ध छ।

कम्पनीले यो बाइकले सुजुकी भी स्ट्रोम एसएक्स र याज्जी एडभेन्चरसँग प्रतिस्पर्धा गर्ने बताएको छ।

बाइकमा रहेको न्यु आरटी-एक्सडी ४ इन्जिनले ३६ हर्सपावर र २८.५ एनएम टर्क उत्पादन गर्न सक्छ। यो बाइकमा २९९ सीसी क्षमताको इन्जिन छ। साथै यसमा ६ स्पिड गियरबक्स छ।

बाइकमा राइडिङ मोड, क्रुज कन्ट्रोल, स्वीचएबल ट्र्याक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन्।

यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ। यस्तै युएसडी फोर्क र मोनोस्क गरी दुबै सस्पेन्सन १८० एमएमको राखिएका छन्। अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील उपलब्ध छन्।

दुबै ब्रेकिङ सिस्टम डिक्समा राखिएको छ। जसमा डुअल च्यानल एबीएस सिस्टम पनि उपलब्ध छन्।