निर्यातमा नगद अनुदान नरोक्न सरकारसँग तयारी पोसाक उद्योग संघको आग्रह



बिजमाण्डू
२०८२ असोज ३० गते १६:४० | Oct 16, 2025
निर्यातमा नगद अनुदान नरोक्न सरकारसँग तयारी पोसाक उद्योग संघको आग्रह

काठमाडौं। नेपाल तयारी पोशाक उद्योग संघले निर्यातमा नगद अनुदान नहटाउन सरकारसँग आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

संघले प्रेस विज्ञप्ति निकालेर नगद अनुदानले निर्यात प्रवर्धन गर्न सहयोग गरेको भन्दै रोक्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो। संघले अनुदान रोक्ने निर्णाय कार्यान्वयन भए लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर गर्ने बताएको छ।

उद्योग विभागले गत बिहीबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने बताएको थियो।

संघले निर्यात प्रवर्धनका लागि सरकारबाट थप सहजीकरण आवश्यक रहेका बेलामा नगद अनुदान रोक्दा प्रत्यूत्पादक स्थिति निम्तिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ। उद्योगीहरुले तेस्रो मुलुकमा तयारी पोशाक निर्यात गर्दै आएका छन्।