जेनजी आन्दोलनमा भएको क्षतिमा बीमा दाबी सवा २३ अर्ब पुग्यो, १.९५ अर्ब भुक्तानी



बिजमाण्डू
२०८२ असोज ३० गते १२:५५ | Oct 16, 2025
जेनजी आन्दोलनमा भएको क्षतिमा बीमा दाबी सवा २३ अर्ब पुग्यो, १.९५ अर्ब भुक्तानी


काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी परेको छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २१ करोड ३६ लाख रुपैयाँको बीमा दाबी परेको हो।

१४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १६३ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।

बीमा दाबीमध्ये कम्पनीहरुले १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेका छन्। निर्जीवन बीमा कम्पनीमा परेको दाबीमा बुधबारसम्म भएको भुक्तानी अग्रिम हो।