क्षति मूल्यांकनकर्ता सम्बन्धी निर्देशिका ल्याउँदै प्राधिकरण, कृषि बीमा निर्देशिका संशोधन गरिने



बिजमाण्डू
२०८२ असोज २९ गते १८:०८ | Oct 15, 2025
क्षति मूल्यांकनकर्ता सम्बन्धी निर्देशिका ल्याउँदै प्राधिकरण, कृषि बीमा निर्देशिका संशोधन गरिने

काठमाडौं। नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ संशोधन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले निर्देशिका संशोधन गर्न बीमकका प्रतिनिधिहरूसँग छलफल गरेको छ। प्राधिकरणले क्षति मूल्यांकनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका विषयमा पनि बीमकसँग सुझाव लिएको छ।

प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्यांकनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल गरेको बताएको छ।

सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिस सम्बन्धी व्यवस्था र कृषि बीमा रियल टाइम सफ्टवेयर संचालनको विद्यमान अवस्था, समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा पनि प्राधिकरणले बीमकसँग सुझाव लिएको छ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सुवेदीले बीमकबाट प्राप्त सुझाव समेटेर निर्देशिकाको मस्यौदालाई अन्तिम रूप दिने बताए।