सुनको मूल्य एकैदिन तोलामा ८१०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि बढेको बढ्यै



बिजमाण्डू
२०८२ असोज २८ गते ११:३४ | Oct 14, 2025
सुनको मूल्य एकैदिन तोलामा ८१०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि बढेको बढ्यै

काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा ८ हजार १०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

सुनको मूल्य मंगलबार प्रति तोला २ लाख ४८ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा २ हजार ४०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ बढेर प्रति तोला ३ हजार ३३५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४१७५.७२ डलर र चाँदीको मूल्य प्रति औंस ५३.४६ डलर पुगेको छ।सोमबार सुनको भाउ प्रति औंस ४०५७.२८ डलर र चाँदीको भाउ प्रति औंस ५१.६ डलर थियो।