अबको लकडाउनको स्वरुप कस्तो? प्रधानमन्‍त्री ओलीले २५ जना विज्ञलाई बोलाए बालुवाटार



बिजमाण्डू
२०७७ जेठ २१ गते ११:३६ | Jun 3, 2020

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन्। छलफलका लागि आज दिउँसो ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइएका हुन्।

Tata
GBIME
Nepal Life

लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'लकडाउनको मोडालिटी मात्रै होइन। यसको इम्प्याक्टमा छलफल हुन लागेको हो। प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नै विज्ञ समूहसँग कन्सल्ट गर्ने कुरा गर्नुभएको थियो। त्यसैको सुरुवात हो,' थापाले भने।

छलफलमा स्वर्णिम वाग्ले, डा भगवान् कोइराला, डा. लोचन कार्की लगायतको समूहलाई डाकिएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ। मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड-१९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ।

उच्च स्तरीय समितिले  मंगलवार उद्योग व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको थियो। ‍उद्योगीहरुले एरिया छुट्याएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने सुझाव दिएका थिए। पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ। त्यस अगावै मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी छ। तर सरकारले लकडाउन मात्र थप्दै गएको अन्य विकल्प नखोजिएको भन्दै जनस्तरबाट विरोध हुन सुरु भइसकेको छ।