जेनजी आन्दोलनका शहीद परिवारका एक/एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा



बिजमाण्डू
२०८२ असोज २२ गते १४:५५ | Oct 8, 2025
जेनजी आन्दोलनका शहीद परिवारका एक/एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

काठमाडौं। चौधरी समूह (सीजी ग्रुप)ले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत शहीद परिवारका सदस्यलाई रोजगारी दिने घोषणा गरेका हुन्।

‘जेनजी आन्दोलनका शहीदप्रति चौधरी ग्रुपका तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौं। आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ,’ उनले भनेका छन्, ‘यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेका छौं। यस कठिन समयमा चौधरी ग्रुप शहीद परिवारप्रति उच्च सम्मान व्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ- जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।’

निर्वाणले रोजगारी दिनका लागि शहीद परिवारलाई आफ्नो ग्रुपले सम्पर्क गर्ने बताएका छन्।