सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ७ हजार ४०० रुपैयाँ वृद्धि, चाँदीको भाउ पनि उकालो



बिजमाण्डू
२०८२ असोज १९ गते १०:४३ | Oct 5, 2025
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ७ हजार ४०० रुपैयाँ वृद्धि, चाँदीको भाउ पनि उकालो

काठमाडौं। सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ। सुनको भाउ आइतबार एकै दिन प्रति तोला ७ हजार ४०० रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

दसैं बिदा सुरु हुनुअघि असोज १२ गते प्रति तोला २ लाख २३ हजार २०० रुपैयाँका दरले किनबेच भएको सुनको भाउ आइतबार २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ।

यो अहिलेसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि उकालो लागेको छ। चाँदीको मूल्य आइतबार प्रति तोला १२० रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला २९३० रुपैयाँ पुगेको छ।