सानिमा बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज असोज २७ गते



बिजमाण्डू
२०८२ असोज १२ गते १०:५८ | Sep 28, 2025
सानिमा बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज असोज २७ गते

काठमाडौं। सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले कात्तिक २ गते २१औं वार्षिक साधारण सभा बोलाएको हो। बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव यसअघि नै सार्वजनिक गरिसकेको छ।

साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।

साधारण सभामादुई अर्ब रुपैयाँ बराबरको अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिंदैछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गर्ने मिति तोकेको छ।