राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले गुण्डुमै बोलाए एमालेको सचिवालय बैठक



बिजमाण्डू
२०८२ असोज ११ गते १७:५० | Sep 27, 2025
राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले गुण्डुमै बोलाए एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्।

Tata
GBIME
Nepal Life

बैठक ओलीको गुण्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको छ।

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ।

साथै बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।