सरकारले तीन परियोजनाका लागि डेढ करोड डलर अनुदान लिने, कुनमा कति ?



बिजमाण्डू
२०८२ असोज १० गते १६:३० | Sep 26, 2025
सरकारले तीन परियोजनाका लागि डेढ करोड डलर अनुदान लिने, कुनमा कति ?

काठमाडौं। सरकारले तीन फरक कार्यक्रममा लागि डेढ करोड अमेरिकी डलर अनुदान लिने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले सुदूरपश्चिममा वन तथा पर्वतीय परिस्थितिक प्रणाली पुनः स्थापना परियोजना, धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण परियोजना र नीय जलवायु अनुकूलनशील जीवनयापन सुविधा कार्यक्रम कार्यान्वयनका लागि १ करोड ५१ लाख ३३ हजार डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक गरकेो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सुदूरपश्चिममा वन तथा पर्वतीय परिस्थितिक प्रणाली पुनः स्थापना परियोजनाका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत् २२ लाख ४२ हजार ४८३ अमेरिकी डलर बराबरको अनुदान सहायता लिइने भएको छ।

यस्तै धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण परियोजनाका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमार्फत् ८७ लाख ८७० डलर र स्थानीय जलवायु अनुकूलनशील जीवनयापन सुविधा कार्यक्रमका लागि संयुक्त राष्ट्र संघीय पूँजी विकास कोषबाट ४१ लाख ९० हजार डलर अनुदान सहायता लिइने भएको हो।