जेनजी आन्दोलन दमनको आरोप लागेका सिडिओ रिजालको सरुवा, ईश्वरराज पौडेललाई जिम्मेवारी



बिजमाण्डू
२०८२ असोज ८ गते २२:१० | Sep 24, 2025
जेनजी आन्दोलन दमनको आरोप लागेका सिडिओ रिजालको सरुवा, ईश्वरराज पौडेललाई जिम्मेवारी

काठमाडौं। जेनजी आन्दोलन दमनको आरोप लागेका जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख छवि रिजाल मन्त्रालयमा तानिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयबाट रिजाललाई गृहमा तानिएको हो। उनलाई जिम्मेवारी तोकिसकेको छैन। 

Tata
GBIME
Nepal Life

रिजालको स्थानमा मन्त्रालयले सहसचिव ईश्वरराज पौडेललाई नयाँ जिम्मेवारीमा पठाएको छ। पौडेल बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका लागि गठित जाँचबुझ समितिका संयोजक पनि हुन्। 

भदौ २३ गते भएको जेनजीको प्रदर्शनमा स्थानीय अधिकारीको हैसियतमा रिजालको आदेशले अत्यधिक बल प्रयोग भएको आरोप लागेको छ। 

अर्याल गृहमन्त्रीमा नियुक्त भएपछि जेनजी आन्दोलनका क्रममा मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहेका सचिव गोकर्णमणि दुवाडीको सरुवा गराइसकेका छन्। भदौ ५ गतेको मन्त्रिपरिषद्ले दवाडीको सरुवा गरेको हो। 

गृह सचिवमा रामेश्वर दंगाललाई ल्याइएको थियो।