काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको क्षतिमा बीमा दाबी रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्म डेढ दर्जन इन्स्योरेन्स कम्पनीमा २ हजार ९८८ दाबी परेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको दाबी परेको छ। ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।
सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै १९ अर्ब रुपैयाँको दाबी परेको छ। मोटर बीमातर्फ ३ अर्ब ६५ करोड रुपैयाँ दाबी परेको छ।
भदौ २४ गते सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।
इन्स्योरेन्समा परेको बीमा दाबी निजी सम्पत्तिको मात्र हो। सरकारी संरचनाको इन्स्योरेन्स छैन।









