काठमाडौं। देशमा जसरी विद्युतीय गाडीको बिक्री बढ्दै गएको छ, त्यसैगरी सवारी बिक्रेता कम्पनीले पूर्वाधार विस्तारमा पनि उतिकै ध्यान दिन थालेका छन्।
गाडी बिक्रेता मात्र नभइ, निजीस्तरमा अरुले पनि व्यावसायिकरुपमा चार्जिङ स्टेसनमा लगानी गर्न थालेका छन्। जसका कारण इभीका लागि चार्जिङ स्टेसन प्रशस्त देखिन थालेका छन्।
पेट्रोल-डिजल इन्जिनका गाडीका लागि निश्चित दूरीमा पेट्रोल पम्प भएजस्तै इभी प्रयोगकर्तालाई लक्षित गरी चार्जिङ स्टेसन राख्ने क्रम बढेको छ। चार्जिङ नेटवर्क विस्तार भएकै कारण दसैैंमा विद्युतीय गाडीमा गन्तव्यमा जानेहरुले तनाव लिनुपर्ने अवस्था छैन।
मुस्ताङको कोरला नाकासम्म चार्जिङ नेटवर्क विस्तार भएको छ। चार्जिङ स्टेसनमा बढ्दो लगानीका कारण विद्युतीय गाडीमा हुइँकिनेहरुका लागि सहज भएको छ।
गाडी बिक्रेता कम्पनीहरुले काठमाडौंका अलावा धार्के, मुग्लिन, भरतपुर, नारायणगढ, दमौली, पोखरा, मणिग्राम, सुनवल इटहरी, भैरहवा, नरायणघाट, मुल्कोट, हेटौंडा, चुम्लिङटार, ढल्केवर लगायत देशका विभिन्न स्थानम चार्जिङ स्टेसन संचालनमा ल्याइसकेका छन्। ती चार्जिङ स्टेसनमा इभी प्रयोगकर्ताले फास्ट चार्जरको सुविधा पाइरहेका छन्। कम्पनी अनुसार गाडी चार्ज गर्न पाइन्छ।
यसबाहेक होटल, रेष्टुरेन्ट र अरुले पनि व्यावसायिकरुपमा चार्जिङ स्टेसन राख्ने क्रम बढिरहेको छ जहाँ सबै प्रकारका गाडी चार्ज गर्न पाइन्छ। जसले गर्दा काठमाडौंबाट पोखरा, बुटवल, धरान लगायत प्रमुख शहरमा इभीमा यात्रा गर्न सजिलो भएको छ।

काठमाडौंबाट पोखरा वा नेपालगञ्ज जानेहरूका लागि मुग्लिन, बुटवल र पोखराका धेरै ठाउँमा चार्जिङ स्टेसनको सुविधा छ। चार्जिङ स्टेसनको उपलब्धताले इभी प्रयोगकर्ताले लामो दूरीको यात्रा गर्न हिचकिचाउनु पर्ने अवस्था छैन।
बिपी राजमार्गमा काठमाडौंदेखि बर्दिबासम्म इभीमा यात्रा यात्रा गर्नेहरूका लागि बनेपा, नेपालथोक, मुलकोट, खुर्कोट, भिमान र बर्दिबासमा चार्जिङको सुविधा छ।
चार्जिङ सुविधाका कारणपूर्व पश्चिम राजमार्गमा इभी प्रयोगकर्तालाई निकै सजिलो भएको छ। काँकडभिट्टादेखि महेन्द्रनगरसम्मका मुख्य शहरमा थुप्रै चार्जिङ स्टेसन स्थापना भएका छन्।
झापाको काँकडभिट्टा र बिर्तामोड, मोरङको विराटनगर, सुनसरीको इटहरी र धरान, सिरहाको लहान, सर्लाहीको हरिवन, बाराको सिमरा, रुपन्देहीको बुटवल र भैरहवा, दाङको लमही, बाँकेको कोहलपुर र नेपालगञ्ज, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा चार्जिङ स्टेसन उपलब्ध छन्।
पृथ्वी राजमार्गमा धादिङको धार्के र मलेखुमा नेपाल विद्युत प्राधिकरणका दुई/दुईवटा चार्जिङ स्टेसन छन्। यस्तै निजी क्षेत्रले पनि उल्लेख्य संख्यामा चार्जिङ स्टेसन राखेका कारण इभी प्रयोगकर्तालाई समस्या हुने स्थिति छैन।
प्राधिकरणले ६१ वटा र निजी क्षेत्रले ८०० भन्दा बढी चार्जिङ स्टेसनको व्यवस्था गरेका छन्।

प्राधिकरणका चार्जिङ स्टेसन
प्राधिकरणअन्तर्गत ६१ वटा चार्जिङ स्टेसन संचालनमा छन्। प्राधिकरणले सातै प्रदेशका प्रमुख राजमार्ग र नजिकका बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन संचालन गरिरहेको हो। बागमती प्रदेशमा मात्र २० स्थानमा प्राधिकरणका चार्जिङ स्टेसन छन्।
काठमाडौं उपत्यकाभित्र ७, मुग्लिन-कुरिनटारमा ४, मलेखु, सिन्धुली, हेटौंडा र भरतपुरमा दुई/दुई र बनेपामा एउटा चार्जिङ स्टेसन छन्।
यस्तै कोशी प्रदेशमा दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरीमा चार्जिङ स्टेसन राखेको प्राधिकरणले मधेश प्रदेशको वीरगंज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराजमा चार्जिङ सुविधाको व्यवस्था गरेको छ।
गण्डकी प्रदेश अन्तर्गत पोखरामा तीन वटा तथा नवलपुर, दमौली र स्याङ्जामा एक/एक वटा, लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा ३, बर्दघाट र सुनवलमा दुई/दुई तथा नेपालगञ्ज, भालुवाङ र दाङमा एक/एकवटा चार्जिङ स्टेसन रहेको प्राधिकरणले जनाएको छ।
कर्णाली प्रदेशमा भने सुर्खेतमा एउटा मात्रै चार्जिङ स्टेसन छ। सुदूरपश्चिम प्रदेशमा प्राधिकरणका तीनवटा चार्जिङ स्टेसन छन्। महेन्द्रनगर, धनगढी र डडेल्धुरामा एकएक वटा चार्जिङ स्टेसन संचालनमा रहेको प्राधिकरणले जनाएको छ।

गाडि बिक्रेता कम्पनीहरुले आफ्नो बजार विस्तारका लागि चार्जिङ पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्। उनीहरुले आफ्ना शोरुमदेखि अरु महत्वपूर्ण स्थानमा चार्जिङ स्टेसन संचालन गरिरहेका छन्।
जिकर, लिपमोटर र ओमोडा एण्ड जेको
जिकर, लिपमोटर र ओमोडा एण्ड जेको गाडी बिक्रेता कम्पनीले बागमतीमा हरेक शोरुमका साथै नारायणहिटी संग्रहालय उत्तरढोका, सीतापाइला, हाकिम चोक र रिजाल चोक नारायणगढमा २ वटा, चुम्लिङटारस्थित सिद्धार्थ रिसोर्ट र सिन्धु सुकुटे इभी चार्जिङ स्टेसन सिन्धुपाल्चोकमा चार्जिङ स्टेसन राखेको छ।
यस्तै तनहुँको दुलेगौंडा पोखराको इन्डस्ट्रियल पार्क, क्लब क्याटवाक तथा अपर मुस्ताङ, नवलपुरको सिद्धार्थ टेक प्रालि, बुटवलको शोरुम, कोहलपुरको सन्जिता चार्जिङ एण्ड रिपेयरिङ सेन्टर, विराटनगरको बर्गाछीमा रहेको शोरुम र राम चोकस्थित ओपी इन्टरनेसनल मोटर्स, इटहरीस्थित श्रीजा मोटर्समा आफ्नो चार्जिङ नेटवर्क रहेको कम्पनीले जनाएको छ।
कम्पनीले वीरगंज बसपार्कमा आरआर चार्जिङ स्टेसन र बर्दिबासमा रिडी इभी चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ।
टाटा
टाटा गाडीको बिक्रेताले ३१ वटा फास्ट चार्जिङ क्षमतासहितको स्टेसन राखेको छ। यस्तै मल र रेष्टुरेन्ट लगायतका स्थानमा २०० भन्दा बढी एसी चार्जर जडान गरिसकेको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले जनाएको छ।
कम्पनीले जोरपाटी, बालकुमारी, कपन, गंगबु बसपार्क, वनस्थली, गुहेश्वरी, बानेश्वर, सानेपा, टीकाथली, एकान्तकुना, बागडोल, कटुन्जे, चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट, मलेखु, डुम्रे कुबेर आयल स्टोर, बुद्ध चोक पोखरा, भैरहवा, हेटौंडा, होटल पौवा दाङ, नेपालगंज, धनगढी, दुधौली, ढल्केबर, लहान, इटहरी, बिर्तामोड, खाडीचौर र मुलकोटमा चार्जिङ सुविधा दिइरहेको छ।

बीवाइडी
बीवाइडी गाडीको बिक्रेता साइमेक्स इंकले पनि ग्राहकका लागि चार्जिङ सुविधामा ध्यान दिएको छ। कम्पनीले सामाखुशीको सिटी स्क्वायर मल, गुहेश्वरी, नारायणचौर, पुल्चोक, भरतपुरको हाकिम चोक, पोखराको उत्तम चोक र कुस्माको खरेहा ओम पार्कमा चार्जिङ सुविधा उपलब्ध गराएको छ।
यस्तै वीरगंज पिप्रा बाइपास रोड, सिद्धार्थनगर इभरेस्ट पेट्रोल पम्प, बिर्तामोड र बुटवलको शोरुम, क्वालिटी बिच रिसोर्ट मुलकोट, नेपालगंजको टिम इलेभेन इभी वर्ल्ड र नमस्ते भिलेज रिसोर्ट, जनकपुरको राम जनकी ट्रेडर्स, तुलसीपुरको होटेल वेस्टर्न प्यालेस, विराटनगको एयरपोर्ट चोक, बन्दीपुरको बाहुनभञ्ज्याङ लगायत स्थानमा रहेको चार्जिङ सुविधाले इभी प्रयोगकर्तालाई सहज भएको छ।
हुन्डाई
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले देशका विभिन्न ४० ठाउँमा चार्जिङ स्टेसन राखेको छ।
कम्पनीले बिर्तामोड-इटहरी, इटहरी-विराटनगर, इटहरी-जनकपुर, जनकपुर-वीरगञ्ज, वीरगञ्ज-नारायणघाट, नारायणघाट-बुटवल, बुटवल-भैरहवा, बुटवल-दाङ, दाङ-नेपालगञ्ज, नेपालगञ्ज-धनगढी खण्डमा प्रत्येक २ सय किलोमिटरमा चार्जिङ स्टेसन बनाएको छ।
भैरहवामा जगत मोटर्स, बिर्तामोडको एलायन्स मोटर्स, पोखरामा हुन्डाई सर्भिस सेन्टर, सोल्टी होटल, सुरुङ्गामा पाथिभारा अटो लिंक, नेपालगंजमा सिद्धार्थ होटल र एयरपोर्ट नजिक, बुटवलमा हुन्डाई सर्भिस सेन्टर, तुलसीपुरस्थित हिरा भवनमा चार्जिङ नेटवर्क सञ्चालन गरिरहेको छ।
एमजी
एमजी ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विभिन्न राजमार्ग र शहरहरुमा आफ्नो फाष्ट चार्जिङ संचालनमा ल्याएको छ।
कुरिनटारको रिभरसाइड स्प्रिङ रिसोर्ट, मुलकोटको अक्षित रिसोर्ट एण्ड र्याफ्टिङ, इटहरीको ओलिज स्टोर, ढल्केबरको कोमल होटेल, बुटवलको क्लब डेनोभो, धनगढीको होटेल जल्सा, पोखराको होटेल पौवा, भैरहवाको होटेल पौवा चितवनको होटल सेन्चुरीमा चार्जिङ स्टेसन राखेको छ।

डिपल, नामी र सेरेस
एमएडब्लू ग्रुपले आफूले बिक्री गर्ने डिपल, नामी र सेरेस गाडीका लागि विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरेर संचालन गरिरहेको छ।
एमएडब्लू वृद्धिले नयाँ नेटवर्क सीसीएस२ टाइप डीसी फास्ट चार्ज गर्न सकिने चार्जिङ स्टेसन काठमाडौं, पोखरा, विराटनगर र चितवनजस्ता शहरदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेल्धुरासम्म चार्जिङ स्टेसन राखेको छ। नेटवर्कमा ४० किलोवाट (१गन) र ६० किलोवाट (२गन्स)का दुवै चार्जर छन्।
गाइघाट, बुटवल, मुलकोट, चियाबारी, जनकपुर, विराटनगर, राजविराज, महेन्द्रनगर, दुम्कीबास, सीतापाइला, चरिकोट, जडिबुटी, सर्खेत, नेपालगंज, वीरगंज, बेनीघाट, बाग्लुङ, दिपायल, वालिङ, चनौटा, धनगढी, चितवन, काभ्रे, सुकुटे, खानीखोला, धादिङ, धादिङबेसी, हिले, इटहरी, भिमान, प्युठान, बर्दिबास, अतरिया, चपुर, अर्घाखाँची, बन्दीपुर, कावासोती लगायत स्थानमा चार्जिङ सुविधा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।
कम्पनीले चार्जिङ सुविधा पूर्वमा भोजपुरदेखि सलिबजार, सप्तरी, खाल्टे, बेनी, नुवाकोट, लाहान, भकुन्डेबेसी, कुश्मा, दमौली, गोलबजार, गोरखा, कटारी, दैलेख, दिपायल, धरान, काँकडभिट्टा, इटहरी, तेह्रथुम, कन्याम इलाम, जोमसोम, भीमफेदी, घोराही, बर्दिया राजापुर, चिसापानी, सुर्खेत, डडेल्धुरा, रुकुमकोट हुुँदै पश्चिममा डोटीसम्म विस्तार गरेको छ।
किया
कियाले पनि सात वटा ठाउँमा चार्जिङ स्टेसन संचालिन गरिरहेको छ। कम्पनीले उपत्यकामा ३ र बाहिर ४ वटा स्टेसन संचालन गरिरहेको हो। उपत्यका बाहिर चुम्लिङटार, भरतपुर र पोखरामा एसी चार्जर राखेको कम्पनीले कुरिन्टारमा भने डिसी चार्जर संचालन गरिरहेको बताएको छ।
दिगो
दिगोको चार्जिङ नेटवर्क पनि नेपालभरी विस्तार भएको छ। कम्पनीले व्यावसायिक रुपमा नै चार्जिङ स्टेसन निर्माण गरेर संचालन गरिरहेको हो। यसको चार्जिङ पोइन्टमा एकैपटक ठूलो संख्यामा गाडी चार्ज गर्न सकिन्छ।
दिगोले पृथ्वी राजमार्गमा कुरिनटार दारेचोक, बिपी राजमार्गमा मुलकोट, कोहलपुर बसपार्क, गाइघाट, सिन्धुलीको दुम्जा, अर्घाखाँचीको सन्धिखर्क, तौलिहवा, गौरुसिंहे, देवचुली, दमक, इटहरी लगायत स्थानमा चार्जिङ स्टेसन संचालन गरिरहेको छ।

यात्री
यसैगरी, यात्रीले पनि फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर संचालनमा ल्याएको छ। कम्पनीले यात्री मोटरसाइकल एक्सपिरेयन्स सेन्टर काठमाडौं, होटल हिमालयन होराइजन धुलिखेल, हिल्स एण्ड होराइजन रिसोर्ट, रोयल्स होम रिसोर्ट आँबुखैरेनी र चरिकोट होटल किङ्स एण्ड लज दोलखामा चार्जिङ सुविधा उपलब्ध गराएको हो।
इलेक्ट्रिभा
यस्तै एलेक्ट्रिभाले पनि व्यावसायिकरुपमा चार्जिङ स्टेसन संचालनमा गरिरहेको छ। विराटनगरको पोखरिया, जनकपुरको होटल राजदरबार नवरङ रिसोर्ट, श्रीनगर होटल एण्ड नेको कफी सप बेनीघाट, सौराहा थारु भिलेज, अशोका रिसोर्ट भरतपुर र मुलकोटमा चार्जिङ स्टेसन संचालन गरिरहेको हो।
यसैगरी, लाहनको होटल ग्रान्ड एण्ड रेस्टुरेन्ट, गाइघाट, दुम्कीबास, गोरुसिंहेको होटल शर्मा, टीकापुर बजाज शोरुम, घोडाघोडी जंगल रिसोर्ट, धनगढी बसपार्क, सिद्धार्थ राजमार्ग कटेज एण्ड रेस्टुरेन्ट, गोरुसिंहे होटेल मायज, चुम्लिङटार दारेचोक, चारआलीमा लगायत स्थानमा पनि आफूले चार्जिङ सुविधा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।

सीजी-एक्सपेङ, केवाइसी, नेटा, आयोन
एक्सपेङ, केवाइसी, नेटा र आयोन गाडी बेच्ने सीजी ग्रुपले पनि विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तार गरेको छ।
इलामदेखि हिले, लाहान , जनकपुर, गाइघाट, सिन्धुली, मलेखु, सुकुटे, चौतारा, चरिकोट, जिरी, त्रिशुली, भक्तपुर, मन्थली, नेपालथोक, भारतपुर, हेटौंडा, मंगलटार, पर्वानीपुर, नेपालगंज लगायत स्थानमा चार्जिङ स्टेसन संचालन गरिरहेको सीजीले जनाएको छ।
यस्तै सर्खेत, चिसापानी, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, घुर्मी, पोखरा, दाङ, बुटवल, अर्घाखाँची, मुडे, दमक, बेनीघाट, फिदिम, इटहरी, राजविराज, लाहान, गौर, भिमान, गाइघाट, चियाबारी, खाँदबारी, कावासोती, डुम्रे, नवलपुर, बेसीसहर, बर्दघाट, भरतपुर लगायत स्थानमा पनि सीजीले चार्जिङ सुविधा विस्तार गरेको छ।










