दसैंका लागि सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला, देशभर निर्वाध चल्न पाउने



बिजमाण्डू
२०८२ असोज ६ गते ०८:४२ | Sep 22, 2025
दसैंका लागि सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला, देशभर निर्वाध चल्न पाउने

काठमाडौं। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले संचालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

Tata
GBIME
Nepal Life

रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन्। कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ।

रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताए। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणगढदेखि काठमाडौंसम्म संचालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ। रासस