काठमाडौं। पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अझै अवरुद्ध छ।
सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत मुग्लिन नजिकै तुइनखोला छेउमा आइरहेको पहिरो रोकिएको छैन।
जसकारण सडक अझै अवरुद्ध नै रहेकोले वैकल्पिक मार्ग प्रयोग गरि यात्रा गर्न अनुरोध गरिएको छ। सडक डिभिजन भरतपुरले नौबिसे-दामन-हेटौँडा सडकखण्ड र मुग्लिन-भिमाद-डेढगाउँ-गैंडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न आग्रह गरेको हो।

पहिरोका सडक बन्द हुँदा सयौं यात्रु अलपत्र परेका छन्। अलपत्र परेका यात्रुहरुलाई जिल्ला प्रशासन कार्यालये चाउचाउ बिस्कुट लगायत खानेकुरा उपलब्ध गराएको छ।










