काठमाडौं। जेनजी विद्रोहपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। भदौ २४ गते आगजनीमा परेको पार्टी कार्यालयमा कांग्रेसले शुक्रबार बैठक राखेको हो।
सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत रहेकोले उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरेका छन्।

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटपिटमा परेका थिए।
बैठकमा पार्टीका पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्नेक्रम जारी छ।










