देउवाका निजी सचिव भानुको वक्तव्य, ‘पैसा भेटिएको भन्ने भिडिओ प्रविधिको दुरुपयोग गरी बनाइयो’



बिजमाण्डू
२०८२ असोज २ गते २२:३७ | Sep 18, 2025
देउवाका निजी सचिव भानुको वक्तव्य, ‘पैसा भेटिएको भन्ने भिडिओ प्रविधिको दुरुपयोग गरी बनाइयो’
फाइल फोटो

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जेनजी आन्दोलनका क्रममा घरमा जलेको अवस्थामा भेटिएको भनिएको पैसा प्रविधिको दुरुपयोग गरी सिर्जित भिडिओ भएको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै घरमा जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको जस्ता समाचार गलत भएको जिकिर गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियो युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं।’

सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डरग्राउन्ड ट्याङ्कीमा पैसा रहेको भन्ने प्रचार पनि अनुमानमा आधारित मात्र भएको जिकिर विज्ञप्तिमा गरिएको छ।