जेनजीको आन्दोलनमा भएको क्षतिमा २० अर्ब ७० करोडको बीमा दाबी, कुनमा कति?



बिजमाण्डू
२०८२ असोज २ गते १३:३५ | Sep 18, 2025
जेनजीको आन्दोलनमा भएको क्षतिमा २० अर्ब ७० करोडको बीमा दाबी, कुनमा कति?


काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा १९८४ वटा दाबी परेको छ।

Vigo
GBIME
Tata

भदौ २३ र २४ गतेको आन्दोलनका कारण सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। आन्दोलनका कारण सम्पत्तिमा आगजनी हुँदा ठूलो क्षति पुगेको छ।

इन्स्योरेन्समा परेको दाबी निजी सम्पत्तिको मात्र हो। सरकारी संरचनाको इन्स्योरेन्स छै‌न। सरकारी सवारीसाधनकै तेस्रो पक्षबाहेक अरु जोखिम कभरका लागि बीमा नगरिएको बिमकहरुले बताएका छन्।

ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बीमा दाबी परेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड रुपैयाँको २५८ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ। यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड रुपैयाँको ३६६ वटा दाबी परेको छ।