काठमाडौं। जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण भएको क्षतिमा गण्डकी प्रदेशमा १ अर्ब १३ करोड रुपैयाँको इन्स्योरेन्स दाबी परेको छ।
इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुखले नेपाल बीमा प्राधिकरणसँगको छलफलमा जेनजी आन्दोलनबाट भएको क्षतिमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको जानकारी गराएका हुन्।
प्राधिकरणका अनुसार एक दर्जन इन्स्योरेन्समा क्षतिको दाबी भुक्तानी माग भएको छ। जेनजी आन्दोलनका नाममा आगजनी र तोडफोडबाट सरकारी र निजी संरचना तथा सवारीसाधन ध्वस्त भएका छन्।
सरकारी संरचना र सवारीसाधनको इन्स्योरेन्स छैन।










