काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहणमा अनुपस्थित रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल मन्त्रीको शपथग्रहण समारोहमा भने सहभागी भएका छन्।
नवनियुक्त मन्त्रीहरुको शपथका लागि राष्ट्रपति निवास शीतल निवासमा सोमबार राखिएको समारोहमा राष्ट्रिय सभाका अध्यक्षदाहाल सहभागी भएका हुन्। उनी प्रधानमन्त्री कार्कीसँग गफिइरहेको देखिएको छ।
प्रधानमन्त्री कार्कीले शुक्रबार राति शपथ लिंदा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहाल दुवै शीतल निवासमा अनुपस्थित थिए। घिमिरे र उपसभामुख इन्दिरा राणा मगर सोमबार पनि शीतल निवासमा उपस्थित छैनन्।











