काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन संचालनमा, कर्फ्यु हटेपछि सामान्य बन्यो जनजीवन



बिजमाण्डू
२०८२ भदौ २८ गते १३:३१ | Sep 13, 2025
काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन संचालनमा, कर्फ्यु हटेपछि सामान्य बन्यो जनजीवन
फाइल तस्बिर।

काठमाडौं। जेनजीको प्रदर्शनका कारण ५ दिनदेखि बन्द रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन संचालन भएको छ‍। काठमाडौं उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सी लगायत सवारीसाधन बिहानैदेखि चलिरहेका हुन्।

Tata
GBIME
Nepal Life

जेनजीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौं उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनेले भने, ‘शुक्रबार सार्वजनिक लगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए। शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन्। यात्रुहरूको चहलपहल बढेको देखिन्छ।’

त्यसैगरी, चितवनतर्फबाट आज सार्वजनिक बसहरू काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

गत मंगलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए। आज बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो। रासस